Headline Title onlyन्युज पोखरापोखरा

कास्कीमा जेष्ठ ७ गते सम्मका लागि लम्बियो लकडाउन

कास्की जिल्लामा जेष्ठ ७ गते सम्मका लागि लकडाउन लम्बिएको छ । यस अघि वैशाख २१ गते मंगलबारदेखि वैशाख ३१ गते शुक्रबार सम्म पूर्ण लकडाउन गरेको जिल्ला प्रशासन कार्यालय, कास्कीले जेठ १ गते विहान ५ बजेदेखी ७ गते राती १२ बजे सम्म लकडाउन थप गर्ने निर्णय गरेको हो।

तिब्र रुपमा फैलिएको कोभिड नियन्त्रणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले वैशाख २१ गते बिहान ५ बजे देखि लागू गरेको लकडाउन जेठ ७ गते राती १२ बजे सम्म थप गर्ने निर्णय गरेको हो।

लकडाउनमा तरकारी तथा फलफूल, खाद्यान्न, औषधिलगायतका पसल खुले पनि अन्य बजार पसल बन्द हुनेछन्। यस्तै, सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाउने, अनावश्यक रुपमा मानिस घरबाहिर निस्कन नपाउने, मर्निङ तथा ईभिनिङ वाक गर्न नपाउने जिल्ला प्रशासन कार्यालय, कास्कीले जारी गरेको लकडाउन सम्बन्धी आदेशमा उल्लेख छ।

अत्यावश्यक सेवाका सवारी साधन एम्बुलेन्स, स्वास्थ्यकर्मी, सञ्चारलगायत सवारी भने चल्न पाउने छन् ।

थप विवरणका लागि जिल्ला प्रशासन कार्यालय, कास्कीले जारी गरेको यो आदेश हेर्नुहोला।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close