
कास्की जिल्लामा असार ७ गते सम्मका लागि निषेधाज्ञा लम्बिएको छ । यस अघि जेठ ३१ गतेसम्म लागु गरिएको निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय, कास्कीले जेठ ३१ गते राति १२ बजेदेखि लागू हुनेगरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
कोभिडको संक्रमण दर, मृत्युदर आदिमा क्रमिक रुपमा कमि आएता पनि अपेक्षाकृत नियन्त्रणमा आईनसकेको कारणले निषेधाज्ञालाई केहि सहज बनाई असार ७ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ।
जस अनुसार हाल बिहान नाै बजेसम्म खाद्यान्न तथा तरकारी पसलहरु खाेल्न अनुमति दिइएकाेमा अब बिहान १0 बजेसम्म खाेल्न पाइने भएकाे छ । त्यस्तै विकास निर्माणजन्य सामग्रीका पसलहरु सनाझ ५ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने भएको छ।
थप विवरणका लागि जिल्ला प्रशासन कार्यालय, कास्कीले जारी गरेको यो आदेश हेर्नुहोला।