Headlines with imageन्युज पोखरापोखरा

पोखरामा जारी निषेधाज्ञा भदौ १२ गते सम्म जारी रहने

कोरोनाबाट बच्न कास्की सहित पोखरा महानगरपालिकामा जारी गरिएको निषेधाज्ञा ५ दिन थप गरिएको छ। अब थपिएको दिनले निषेधाज्ञा भदौ १२ गते राती १२ बजे सम्म जारी हुने भएको छ।

जिल्ला विपद व्ययवस्थापन समिती (डिसिसिएमसी)को बैठकले निषेधाज्ञालाई ५ दिन थपेको हो ।

पोखरा महानगरपालिकाको कोरोना रोकथाम मुल समितिको आज बसेको बैठकले कोरोना संक्रमण दिनानुदिन बढ्दै गैरहेकोले ३ दिन देखि ५ दिन सम्म निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close