Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

गण्डकीको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरे पनि उनको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको रूपमा बुधबार गुरूङलाई पुनः नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबभन्दा ठूलो पार्टीको संसदीय दलको नेताका हैसियतले उनलाई फेरि पनि मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८(३) अनुसार प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

मुख्यमन्त्रीमा पुन: नियुक्त भएपछि पृथ्वी सुब्बा गुरुङले बुधबार साँझ नै शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको शपथ गराइन् ।

गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर प्रदेशसभाका दलहरुलाई बहुमतको सरकार गठनको दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

अब मुख्यमन्त्री गुरुङले एक महीनाभित्रमा प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।

सम्बन्धित खबर

यो पनि पढ्नुहोस
Close
Close