Headlines with imageन्युज पोखराराजनीतिसमाचारहाम्रो देश

पोखरामा राजतन्त्र फाल्ने जनआन्दोलनको झल्को: प्रधानमन्त्रीलाई देश छोड भन्दै नाराबाजी (भिडियो हेर्नुस)

पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश छोड भन्दै राजतन्त्र फाल्ने १९ दिने जनआन्दोलनको झल्को दिने नाराबाजी भएको छ। पोखराका स्वतन्त्र युवाहरुले राष्ट्र बैंक चोकमा आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको अन्त्यमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको हो ।

प्रधानमन्त्रीका कारण जनताले दुख पाएको, कोरोना महामारीको समयमा सरकारले काम नगरेको, लकडाउनको मारमा परेका व्यवसायीसँग कर लिन खोजेको भन्दै उनीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड प्रदर्शन र नाराबाजी गरेका छन् ।

प्रदर्शनका आयोजकले भने विज्ञप्ती जारी गरेर नाराबाजी गर्ने आफुहरुको योजना नरहेकाले उनीहरु राजनीतिक पार्टी आवद्ध युवाहरु हुन सक्ने बताएका छन् ।

नाराबाजी पश्चात प्रदर्शनमा उत्रिएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फोटो / भिडियो : अरुण गिरी ,सचिन मल्ल, मिलन थापा र आशिक थापा / जक्सन डट कम

सम्बन्धित खबर

Close