Headline Title onlyन्युज पोखरापोखराराजनीतिहाम्रो देश

पोखरा महानगर वडा नं. १४ मा साझा पार्टीको समिति गठन, संयोजकमा रामबहादुर थापा

‘अब वडा वडामा साझा पार्टी’ भन्ने अभियानलाई साझा पार्टीले पोखरामा सुरु गरेको छ । साझा पार्टी पोखराले एक भेलाको आयोजना गरी पोखरा महानगर वडा नं १४ को समिति गठन गरेको हो ।

छिनेडाँडास्थित माछापुच्छ्रे सामुदायिक भवनमा आयोजित सो कार्यक्रममा घोषणा गरिएको ५ सदस्यीय समितीको संयोजकमा युवा व्यवसायी रामबहादुर थापा रहेका छन् । अन्य सदस्यहरुमा रुपा तामाङ विष्ट, सुवास परियार, सुमन केसी र अमृतप्रसाद दाहाल रहेका छन् ।

नवघोषित संयोजक थापाले साझा पार्टीको कल्याणकारी लोकतत्रको विचारलाई भुईँ तहसम्म लैजाने प्रण गरे । नवघोषित समितीका संयोजक लगायत सदस्यहरुलाई साझा पार्टी पोखरा महानगर संयोजक मनकाजी गुरुङले माटोको टिका लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसी, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनाल, साझा युवा संगठनका महासचिव सरोज गौतम लगायतका नेताहरुले नयाँ समितिलाई शुभकामना दिएका थिए ।

विश्व स्वास्थ संगठन र नेपाल सरकारले तोकेको स्वास्थ्य प्रोटोकल कायम गरी आयोजित सो कार्यक्रमलाई साझा पार्टी कास्कीका सचिव श्रीकृष्ण न्यौपानेले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर

Close