Headlines with imageग्लोबलबिज्ञान / प्रविधीशिक्षा

लकडाउनबाट ठूलो फाइदा: भरिन थाल्यो ओजोन तह

विश्व हाल कोरोना भाइरसको कारण लकडाउनमा छ। सडकमा कुनैपनि यातायात छैनन। कारखाना पनि बन्द छन्। भवन निर्माणको काम पनि भइरहेको छैन। न त कुनै प्रदुर्षण गर्ने कार्य नै भैरहेको छ।

लकडाउनको सुरुवात चीनले गरेको थियो तर अब सारा विश्वले लकडाउन गरिरहेका छन् । लकडाउन गर्नुको कारण खराब छ – कोरोना भाइरस। तर यसको ठूलो फाइदा भएको छ। लकडाउनका कारण प्रदुर्षण नभएपछी ओजोन तहका प्वालहरू भरिन थालेका छन् ।

कोलोराडो बोल्डर विश्वविद्यालयका रिसर्चरहरूले यो पत्ता लगाएका छन कि, पृथ्वीको दक्षिणी भागमा रहेको अन्टार्कटिका माथिको ओजोन तहले प्वाल भर्न थालेको छ। किनभने चीनबाट जाँदै गरेको प्रदुर्षण अहिले त्यहाँ गएको छैन।

लकडाउन अघि प्रदुर्षणको स्तर एकदमै धेरै थियो। पृथ्वीको माथी चल्ने जेट स्ट्रिम ओजोन तहमा प्वाल भएको कारण पृथ्वीको दक्षिणी भागतिर गइरहेको थियो। तर अब त्यो जेट स्ट्रिम फर्किएको छ ।

यो एउटा अस्थायी परिवर्तन भएपनि राम्रो भएको विश्वविद्यालयका रिसर्चर अन्तारा बनर्जीले बताइन । उनका अनुसार यो समयमा चीनमा लकडाउनको कारण, जेट स्ट्रिम सही दिशामा गइरहेको छ। कार्बन डाइअक्साइडको उत्सर्जन पनि कम भएको छ। त्यसैले ओजोनको घाउ भरिन थालेको छ ।

एक समय चीनले सबैभन्दा बढी ओजोन डिप्लिटिङ्ग सब्स्टेन्स अर्थात ओजोन तह घटाउने पदार्थहरू उत्पादन गर्थ्यो। तर अहिले यी तत्वहरू चीनबाट उत्पादन भैरहेका छैनन् ।

सन् २००० भन्दा पहिले जेट स्ट्रिम पृथ्वीको बीच भागमा घुमिरहन्थ्यो । तर त्यसपछि यो पृथ्वीको दक्षिणी भागतिर गयो र ओजोनमा प्वाल बन्न पुग्यो । जसको कारण अष्ट्रेलिया जस्ता देशहरूको मौसममा ठूलो परिवर्तन आएको थियो ।

(आजतक)

सम्बन्धित खबर

Close