
नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले सरकारको कोरोना कोषलाई १ लाख दिने भएका छन्।
उनले ट्विट गर्दै कोरोना कोषमा १ लाख दिने घोषणा गरेका हुन्। ‘सरकारको कोरोना कोषमा १ लाख दिने घोषणा गर्दछु। यस्तो संकटको बेलामा हामीले कसैलाई बिर्सिनुहुन्न,’ ट्विटमा सन्दिपले भनेका छन्।
उनले सबैलाई यो समयमा सुरक्षित रहन पनि आग्रह गरेका छन्।
यसअघि गायक प्रकाश सपूतले पनि कोरोना कोषमा २ लाख दिने घोषणा गरेका थिए।
सरकारले कोरोनाविरूद्द सामुहिक रूपमा लड्नको लागि कोरोना कोष स्थापना गरेको छ। जसमा मन्त्रीहरूले समेत एक महिनाको तलब दिने घोषणा गरेका थिए।
I'm humbled to announce the donation of 1 Lakh Nepali Rs for COVID19 Relief fund to the Government of Nepal. At this hour of physical distancing, lets not forget those who are in need of care & support. With kindness & responsibility humanity will prevail. Stay safe. #SL25 pic.twitter.com/xouCJWmLQB
— Sandeep Lamichhane (@IamSandeep25) March 26, 2020