Headline Title onlyअन्यखेलकुद

महाशिवरात्रिको अवसरमा घान्द्रुकमा भलिबल, नृत्य र बास्केटबल प्रतियोगिता हुने

पर्यटकीय गाउँ घान्द्रुकमा भलिबल, नृत्य र बास्केटबल प्रतियोगिताको गरिने भएको छ । डाँडागाउँ युवा क्लबले आगामी फागुन २६ देखि २९ गतेसम्म उक्त प्रतियोगिताको आयोजना गरेको हो।

प्रतियोगिता अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुक स्थित मेश्रम बराह माविको खेलमैदानमा हुने सोमबार पोखरामा आयोजित पत्रकार सम्मलेनमा जानकारी गराइएको छ । पाँचौ संस्करणको वडा स्तरीय भलिबल, बास्केटबल तथा खुल्ला सामुहिक नृत्य प्रतियोगिता डाँडागाउँमा क्लबको आफ्नै भलिबल तथा बास्केटबल कोर्ट निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको अध्यक्ष सन्तोष गुरुङले जानकारी गराए ।

उनका अनुसार वडा स्तरिय भलिबल तर्फ प्रथम हुने टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ५० हजार प्रदान गरिनेछ । त्यस्तै द्वित्तिय र तृतीय स्थान हाँसिल गर्ने टिमलाई क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार र १५ हजार प्रदान गरिनेछ ।

यसैगरी बास्केटबल तर्फ विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३० हजार प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित २० हजार प्रदान गरिनेछ ।

उक्त प्रतियोगितामा विधागत तर्फ आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । अध्यक्ष गुरुङले सामुहिक नृत्य तर्फ प्रथम हुने टिमलाई ५० हजार, द्वित्तिय हुने टोलीलाई ३० हजार र तृतीय स्थान हाँसिल गर्ने समुहलाई २० हजारद्वारा पुरस्कृत गरिने बताए ।

उनका अनुसार नृत्य प्रतियोगितामा सहभागि हुन कम्तिमा ४ देखि १२ जना सम्म हुनुपर्नेछ भने गुरुङ संस्कार संस्कृतिमा आधारित मौलिकता झल्कने नृत्य हुनुपर्नेछ । उक्त प्रतियोगिताको भलिबल तर्फ अहिले सम्म २९ टिमको दर्ता भैसकेको छ भने बास्केटबल तर्फ १३ र खुल्ला सामुहिक नृत्य तर्फ १३ टोलीको दर्ता भैसकेको अध्यक्ष गुरुङले जानकारी गराए ।

 

उक्त कार्यक्रम अवधिमा आयोजकसँग समन्वय गरि घान्द्रुक पुगेका पाहुनाहरुलाई खान बस्नको लागि होमस्टेको व्यवस्था समेत गरिएको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले बताए ।

उनका अनुसार कुल २१ वटा होमस्टेले दुई छाक खाना र बस्ने व्यवस्थालाई प्रतिव्यक्ति ६ सय रुपैया निर्धारण गरिएको छ । कार्यक्रमको समापन दिन फागुन २९ गते राष्ट्रिय लोकदाहोरी कलाकारहरुको प्रस्तुति रहने उनले बताए । जसमा गायिका काजल गुरुङ, ज्योती लोहनी लगायतका कलाकार रहनेछन् ।

फोटो :- सचिन ठकुरी मल्ल / जक्सन डट कम

सम्बन्धित खबर

Close